राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई न्यूनतम सेवा मापदण्डमा ६४ प्रतिशत – Kanika Khabar
Monday, February 16Nepali News Portal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई न्यूनतम सेवा मापदण्डमा ६४ प्रतिशत

    मा प्रकाशित

घोराही, जेठ २७ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard) कार्यान्वयन अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले सेवा प्रबाहका हिसाबले अघिल्लो वर्ष ५०% अङ्क ल्याएकोमा यो वर्ष यसमा उल्लेखनीय वृद्धि भई ६४% अङ्क प्राप्त गर्न आफूहरु सबै सफल भएको बताए । उनले अहिलेसम्म अस्पतालले प्राप्त गरेको अंक हेर्दा तेस्रो स्थान हासिल गरेको बताए ।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. रमेश कँडेलले यो उपलब्धिका पछाडी दिनरात नभनी आफ्नो कार्यक्षेत्रमा खटिरहने प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरु, सम्पूर्ण स्वास्थ्यकर्मी, प्राविधिक एवं प्रशासनिक कर्मचारी तथा सहयोगी कर्मचारीहरु, प्रत्यक्ष तथा परोक्ष रुपममा सहयोग र सद्भाव व्यक्त गरिरहने नागरिक समाजको उल्लेखनीय भूमिका रहेको बताउदै सबैलाई धन्यवाद दिएका छन्  ।

साथै डा. कँडेलले भने-`आशा छ, हामी सबै मिलेर प्रतिष्ठानलाई आगामी दिनहरूमा थप उचाइमा लैजान सफल हुनेछौ।´

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्