चलचित्र चलचित्र हाजिरी जवाफ प्रतियोगिता हुने – Kanika Khabar
Monday, February 16Nepali News Portal

चलचित्र चलचित्र हाजिरी जवाफ प्रतियोगिता हुने

    मा प्रकाशित
दाङ । चलचित्र विकास बोर्डको आयोजनामा दाङमा जेठ ३१ गते चलचित्र हाजिरी जवाफ  प्रतियोगिता हुने भएको छ ।
दाङको घोराहीमा असार १-३गतेसम्म हुन थालेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर हाजिरी जवाफ प्रतियोगिता गर्न लागिएको हाे ।
बालबालिका तथा किशोरकिशोरीहरुमा चलचित्रको इतिहासदेखि वर्तमान सम्मका विषयवस्तुबारे जानकारी दिने, नेपाली चलचित्रबारे उनीहरुको रुचि र धारणा बुझ्ने तथा उनीहरूलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना  गर्न लागिएकाे बोर्डका प्रवक्ता एवं महोत्सव संयोजक केएल बुढाथोकीले बताउनुभयो ।
संयोजक बुढाथोकीका अनुसार  चलचित्र हाजिरी जवाफ प्रतियोगितामा विद्यालय तहका  १८ वर्षका बालबालिका तथा किशोरकिशोरीले भाग लिन सक्नेछन् ।  एक समूहमा २ छात्रा र एक छात्र गरी ४ जना बालबालिका रहने व्यवस्था गरिएको छ ।  प्रतियोगितामा १२ समूहले भाग लिने भएका छन् । विजयी समूहलाई नगदसहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।

महोत्सवमा नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार चेतन सापकोटा, नायिका झरना थापा, वरिष्ठ गायिका सत्यकला राई, नायक सबिन श्रेष्ठ  लगायतका कलाकारहरु दाङ आउने भएका छन् ।  बोर्डका प्रवक्ता एवम्  महोत्सवका संयोजक बुढाथोकीका अनुसार नायक केसीले  “बालबालिकासंग भुवन केसी” कार्यक्रम मार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तर्कृया गर्नेछन् ।
बालबालिका तथा किशोरकिशोरीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा  प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम बाल चलचित्र महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा चलचित्र प्रदर्शन, चलचित्र ज्ञान सम्बन्धी हाजिरी जवाव, चलचित्र गीतमा नृत्य प्रतियोगिता, अभिनय प्रतियोगिता, “बालबालिकासंग भुवन केसी”, पुस्तक  तथा फोटो प्रदर्शनी तथा  अन्तर्किया कार्यक्रम आयोजना गरिने बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताए । साथै महोत्सवमा स्थानीय समुदायका लोकनृत, झाँकी तथा साँस्कृतिक प्रस्तुति रहनेछ ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्