दाङ, २९ जेठ ।
दाङको घोराही १० नारायणपुरबाट प्युठानको स्वर्गद्धारी तिर्थयात्राका लागि गएका ८ जनाको जिप दुर्घटनामा मृत्यु भएको छ । प्युठानको स्वर्गद्धारी नगरपालिकाको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको जिप दुर्घटना हुदाँ ४ बालबालिका सहित ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिएका छन् ।
डिआइजी जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ५ का जीप चालक तारा कुमाल, दाङको गढवा गाँउपालिका ५ बाँकीका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा शाहा, र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो ।
अर्का एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
स्वर्गद्धारी मन्दीरको दर्शन गरी फर्किने क्रममा प्युठानको स्वर्गद्धारी नगरपालिकाको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको जिप आज दिउँसो भीरबाट खसेको थियो ।



