दाङ, २९ जेठ ।
दाङमा सामाजिक अभियानमा सक्रिय रहेको ‘युथ अफ दाङ’ ले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । यही जेठ ३१ गते बुधबारका दिन विश्व रक्तदाता दिवसको अवसरमा युथ अफ दाङले रक्तदान कार्यक्रम गर्ने भएको हो ।
जिल्लामा रहेर सामाजिक कार्यमा सक्रिय रहदै आएको युथ अफ दाङले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्न थालेको बताएको छ । कार्यक्रम यही जेठ ३१ गते बिहान ८ बजे अम्बिकेश्वरी मन्दिर परिसर रहेको बताइएको छ । साथै रक्तदान कार्यक्रममा सहभागी हुन र इच्छुक व्यक्तिलाई रक्तदान गर्न समेत युथ अफ दाङले अनुरोध गरेको छ । दाङमा रगतको अभाव हुन नदिन र रगत अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको एक अभियन्ताले जनाए ।
युथ अफ दाङ पछिल्लो समयमा जिल्लामा सामाजिक तथा सेवा भावका कार्यमा सक्रिय रहँदै आएको छ । युवाहरुले सञ्चालन गरेको यो अभियानले सकारात्मक तथा रचनात्मक काम गर्दै आएको छ । आफ्ना गतिविधिलाई प्रसारण गर्न विभिन्न सामाजिक सञ्जलामा समेत युथ अफ दाङ जोडिएको छ ।


