मा प्रकाशित
काठमाडौँ, ३० जेठ ।
नियमित स्वास्थ्य परीक्षणका लागि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।
पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समय देखी सिंगापुरमा उपचार गर्दै आइरहेका छन् ।भ्रमणमा सभापति देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन् । यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।


