दाङमा अघोषित लोडसेडिङ रोक्न माग गर्दै नेपाल बिद्यार्थी संघकाे ज्ञापन पत्र – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङमा अघोषित लोडसेडिङ रोक्न माग गर्दै नेपाल बिद्यार्थी संघकाे ज्ञापन पत्र

    मा प्रकाशित
दाङ, ३२ जेठ ।
दाङमा अघोषित लोडसेडिङ रोक्न माग गर्दै नेपाल बिद्यार्थी संघले ज्ञापन पत्र समेत बुझाएको छ । विहिबार नेविसंघ दाङका बिद्यार्थीहरुले घोराही बिद्युत प्राधिकरणका प्रमुख मिथिलेश कुमार गोहिवारलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
दाङमा बिद्युत सेवा अनियमित भैरहेकोले बिद्यार्थीहरुले सेवा सहज बनाउन माग गर्दै बिद्युत प्राधिकरणका प्रमुख मिथिलेश कुमार गोहिवारलाई  नेविसंघ दाङ जिल्ला अध्यक्ष कुलराज पोख्रेलको नेतृत्वमा ज्ञापन पत्र बुझाएका हुन । अघोषित लोडसेडिङ नरोकिएमा नेपाल विद्यार्थी संघ विद्युत प्राधिकरण विरुद्ध संघर्ष कार्यक्रम समेत गर्ने अध्यक्ष पोख्रेलले बताउनु भएको छ ।
साथै बिद्युत बन्द गर्नुपर्ने अवस्थामा पूर्व सूचना जारी गरि बिद्युत आपूर्ति बन्द गर्न पनि अनुरोध गरेको छ ।
पछिलो समय बढ्दो व्रmममा रहेको तापक्रम (गर्मी) कारण मुलुकका विभिन्न जिल्लाहरु संगै दाङको जनजिवन पनि नराम्ररी प्रभावित बनेको छ यो बढ्दो तापक्रमका कारण मानविय स्वास्थ्य प्रतिकुलता हुनसक्ने भन्दै चिकित्सकहरुले गर्मीबाट बच्नका लागि सावधानी अपनाउन अपिल समेत गरिरहेका छन ।
उच्च तापक्रमका कारण अति प्रभावित बनेको जनजिवनलाई विद्युत आपुर्तिमा देखिएको अनिमियतताले थप कष्टकर बनाइरहेको छ, समय समयमा विना सूचना गरिने विद्युतको अघोषित लोडसिडिङका कारण स–साना बालबालिकाहरु बढ्दो गर्मीका कारण थप प्रताडित बनिरहेका छन ।
विद्युत अनिमियतताका कारण स–साना बालबालिका सहित आम नागरिकले भोग्नु परेको समस्या प्रति नेपाल विद्युत प्राधिकरण गैर जिम्मेवार देखिएको छ । अघोषित लोडसिडिङका कारण उच्च गर्मीमा पंखा लगायत सितलता प्रदान गर्ने विद्युतिय उपकरण नचल्दा मानविय स्वास्थ्यमा पर्न सक्ने समस्या प्रति विद्युत प्रधिकरण किन गम्भीर बन्न नसकेको हो ?
नेपाल विद्यार्थी संघ प्राधिकरण समक्ष यसको जवाफ माग गर्दछ साथै विद्युत आपुर्तिलाई नियमित बनाई आम नागरिकलाई सहजता तुल्याउन नेपाल विद्यार्थी संघ जोड्दार रुपमा माग गर्दछ,  अन्यथा मानविय स्वास्थ्यका लागि नेपाल विद्यार्थी संघ विद्युत प्राधिकरण विरुद्ध संघर्षमा जाने यसै ज्ञापनपत्र मार्फत जानकारि  गराईन्छ  उक्त  ज्ञापनपत्रमा उलेखित रहेको छ ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्