यस्तै घाईते ९ जना मध्ये रिता,दुल बहादुर र सादामको राप्ती प्रादेशिक तुलसीपुरमा उपचार भईरहेको र अन्य ६ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित जम्मा १० जना सवार रहेको र चालक रोल्पाको गंगादेव गाउँपालिका १ निवासी विष्णु पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट रोल्पाको जुँगार तर्फ जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप आज बिहान १० बजेर २० मिनेटमा सिरखोला नजिकै सडकबाट आफै अनियन्त्रित भई झन्डै १०० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।


