दाङ, ३ असार ।
दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका २ निमुरियाका ४५ वर्षीय झाक्री यम बहादुर सार्की र घोराही ३ निवासी ३३ वर्षीय सरस्वती गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् ।
गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको भन्दै यम बहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लाग्यौ भनेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को (च) अन्तर्गत धामी झाक्रीको माध्यमढारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा जिल्ला अदालतबाट अनुमती लिएर अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए ।


