चलचित्र साक्षरता बढाउन जरुरी : महरा – Kanika Khabar
Monday, February 16Nepali News Portal

चलचित्र साक्षरता बढाउन जरुरी : महरा

    मा प्रकाशित

No description available.दाङ, ३ असार ।
पूर्व सभामुख कृष्णबहादुर महराले चलचित्र साक्षरता बढाउन आवश्यक रहेको बताएका छन् । आज आइतबार दाङको एक कार्यक्रममा बोल्दै पूर्व सभामुख महराले बालबालिका तथा किशोरकिशोरी तहसम्म चलचित्र सम्बन्धी साक्षरता बढाउन अपरिहार्य रहेको बताएका हुन् ।

चलचित्र विकास बोर्डको आयोजनामा दाङमा तीन दिनसम्म सञ्चालन भएको ‘प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८०’ को समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै पूर्व सभामुख महराले नेपाली चलचित्रमा दर्शकका आकर्षण बढाउन तथा चलचित्र क्षेत्रको विकासका लागि चलचित्र सम्बन्धी कार्यक्रममा बोर्डले जोड दिन आवश्यक रहेको बताएका छन् । उनले पछिल्लो चरणमा चलचित्र क्षेत्रमा बदलिएको ट्रेन, चलचित्रको शैली बुझाउन पनि चलचित्र साक्षरताको कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै निरन्तरता दिन जरुरी रहेको बताए ।

चलचित्र नृत्य प्रतियोगिता सम्पन्न

चलचित्र विकास बोर्डको आयोजनामा दाङमा तीन दिनसम्म सञ्चालन भएको ‘प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८०’ अन्तर्गत चलचित्र नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गोदावरी इङ्लिस मिडियम स्कुल प्रथम, गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल द्वितीय र राजविद्या पाठशाला तृतीय भएका छन् । त्यस्तै मेचीकाली सेकेन्डरी स्कुल, ग्लोबल एकेडेमी र मदन भण्डारी मेमोरियल स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु २० हजार र प्रमाण पत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई रु १५ हजार र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । साथै सान्त्वना स्थान प्राप्त गर्नेलाई ५/५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चलचित्र हाजिरी जवाफ सम्पन्न

चलचित्र विकास बोर्डको आयोजनामा दाङमा तीन दिनसम्म सञ्चालन भएको ‘प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८०’ अन्तर्गत चलचित्र हाजिरी जवाफ सम्पन्न भएको छ । हाजिरी जवाफमा मेचीकाली सेकेन्डरी स्कुल प्रथम, गोदावरी इङ्लिस मिडियम स्कुल द्वितीय र गोरखा यन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल तृतीय भएका थिए । साथै दीपशिखा मावि र पश्चिम दाङबाट प्रतिनिधित्व गरेको समूह सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु २० हजार र प्रमाण पत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई रु १५ हजार र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । साथै सान्त्वना स्थान प्राप्त गर्नेलाई ५÷५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चलचित्रकर्मीलाई सम्मान

लामो समयदेखि चलचित्र क्षेत्रमा आवद्ध रहेर चलचित्रको उन्नयनमा टेवा पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा खड्ग बुढाथोकी, महेन्द्र बुढाथोकी, कमल गाउँले, चन्द्रप्रकाश चौधरी, जुनु मगर, छविलाल कोपिला, शक्तिराम डाँगी रहेका छन् । साथै दाङमा २०४३ सालमा राप्ती चलचित्र मन्दिर स्थापना गरेका स्व. गिरीराज पन्तलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी लगायतले मन्तव्य राखेका थिए ।

No description available.
समापन कार्यक्रम चलचित्र किास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । बोर्डका प्रवक्ता केएल पीडितको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण केशरमान बिसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्