आज चार राजनीतिक दलले समाजवादी मोर्चा घोषणा गर्दै – Kanika Khabar
Monday, February 16Nepali News Portal

आज चार राजनीतिक दलले समाजवादी मोर्चा घोषणा गर्दै

    मा प्रकाशित

काठमाडौँ, ४ असार ।
आज चार राजनीतिक दलले समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा गरिने भएको हो ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा नेपाल, नेकपा एस र नेकपा समाजवादी मोर्चा, नेपालको ऐतिहासिक घोषणा सभामा उपस्थित हुन आवद्ध पार्टीहरूले अनुरोधसमेत गरेका छन् ।

मोर्चा घोषणा सभामा आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिवद्धतापत्र, साझा न्यूनतम कार्यक्रम लगायतका बारेमा स्पष्ट पारिने जनाइएको छ ।

समाजवादी मोर्चा बनेपछि उक्त मोर्चा संसदमा तेस्रो शक्तिका रुपमा रहने छ । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी ५४ सांसद हुनेछन् । भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने मोर्चाको लक्ष्य रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्