‘जातिय भेदभावलाई जरैबाट ओखलेर फाल्नुपर्छ’ – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

‘जातिय भेदभावलाई जरैबाट ओखलेर फाल्नुपर्छ’

    मा प्रकाशित

प्रियास्मृती गजमेर
लमही,८ असार ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले जातीय भेदभाव अझै पनि कायम रहेको भन्दै जरैबाट ओखेलेर विभेदलाई फाल्नुपर्ने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनी साक्षरता सम्बन्धि २ दिने तालिमको उद्घाटन गर्दै प्रमुख चौधरीले जातिय भेदभावलाई जरैबाट ओखलेर फाल्नुपर्ने बताएका हुन । २१ औं शताब्दीमा आईपुग्दा समेत समाजमा जातिय विभेद सम्वन्धी घट्नाहरु हुने गरेको भन्दै समाजलाई हानी गर्ने कुरीति कुसस्कारलाई जरैदेखि फाल्नपर्ने बताएका हुन ।

त्यस्तै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले छुवाछुत र भेदभाव गर्नु अपराध भएको बताइन । यदि कोहि कसैले भेदभाव गर्छ, जातिगत रुपमा अपमान गर्छ, त्यस्तालाई कानूनी कारबाही गर्नुपर्ने बताइन ।

दलित सचेतना अभियान दाङका अध्यक्ष शशीराम नेपालीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मंचका अध्यक्ष भानु जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका संस्थापक सहसचिव हरिश विश्वकर्माको स्वागत मन्तव्यबाट शुरु भएको तालिमको सहजीकरण सचिव प्रिया स्मृती गजमेरले गरेका थिए । जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनी साक्षरता सम्बन्धि २ दिने तालिम शुक्रवारदेखि लमहीमा शुरु भएको छ।

दलित सचेतना अभियान दाङको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो । तालिममा वडा नम्बर १ देखि ९ सम्मका ६० जना दलित महिला पुरुषको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने तालिमको प्रशिक्षकमा निर्मल नेपाली र नानीमैया वली रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्