उत्कृष्ट कार्य सम्पादन गर्ने दाङका ६ विद्यालय पाए ५/५ लाख पुरस्कार – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

उत्कृष्ट कार्य सम्पादन गर्ने दाङका ६ विद्यालय पाए ५/५ लाख पुरस्कार

    मा प्रकाशित

दाङ, १० असार ।
शैक्षिक सुधारमा उत्कृष्ट कार्य सम्पादन गरेवापत दाङ जिल्लाका छ वटा विद्यालयले पाँच–पाँच लाख रुपैँया पुरस्कार पाउने भएका छन् ।

जिल्लाका छ वटा विद्यालयलाई व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य सम्पादन गरेका वापत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले पाँच–पाँच लाख रुपैँया पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार प्राप्त गर्नेमा घोराही उपमहानगरपालिकाका तीन वटा विद्यालयले पुरस्कार पाएका छन् । पुरस्कार पाउने विद्यालयहरुमा घोराही १८ स्थित रहेको मावि रझेना, घोराही १५ स्थित रहेको पदमोद्यय पब्लिक मावि र घोराही १४ स्थित रहेको बालविकास प्राथमिक विद्यालयले पाँच/पाँच लाख पुरस्कार पाएका छन् ।

त्यस्तै तुलसीपुर उपमहानरपालिकाका तीन वटा विद्यालय रहेका छन् । जसमध्ये तुलसीपुर ६ स्थित रहेको मावि तुलसीपुर सेन्टर, तुलसीपुर १७ स्थित रहेको दिपेन्द्र मावि मानपुर र तुलसीपुर ४ स्थित रहेको जनश्रम मावि खाद्रेले पाँचरपाँच लाख रुपैँया पुरस्कार पाएका हुन् ।

जिल्लामा व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुसन्धानका लागि छनोटका आधार २०७९ बमोजिम प्रत्येक निवार्चन क्षेत्रबाट एक विद्यालय र महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप दुई वटा विद्यालय शैक्षिक पुरस्कार परीक्षण केन्द्रबाट भएको कार्य सम्पादन परीक्षणबाट उच्चतम अंक प्राप्त गरेका विद्यालयलाई छनोट गरी उक्त रकमको पुरस्कार स्वरुप प्रदान गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्