दाङमा झन्डै दुई किलो सुनसहित एक जना पक्राउ – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङमा झन्डै दुई किलो सुनसहित एक जना पक्राउ

    मा प्रकाशित

दाङ, १० असार ।
दाङमा झन्डै दुई किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका १० निवासी २१ वर्षीय हुमानन्द गिरी रहेको सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको उनले बताएका छन् ।

उनका अनुसार जाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँटा फेला परेको हो ।

सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ भने कारमा फल्स बटम बनाइ सुन ल्याइएको पाइएको थापाले बताए । उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्