मौसम डायरी : कतै हल्का त कतै भारी वर्षाको सम्भावना – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

मौसम डायरी : कतै हल्का त कतै भारी वर्षाको सम्भावना

    मा प्रकाशित

दाङ, १४ असार ।
आज देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको छ । मौसमविद्हरुले मधेस प्रदेशसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेका छन् ।

गण्डकी, लुम्बिनी र कर्णालीका एकदुई स्थानमा भारी वर्षा हुने मौसमविद्ले जनाएका छन् । मौसमविद्का अनुसार दिउँसो धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी, लुम्बिनी र कर्णालीका एकरदुई ठाउँमा ठूलो वर्षा हुनेछ । यस्तै, राति गण्डकी र लुम्बिनीका एकदुई स्थानमा ठूलो वर्षाको अनुमान छ ।

ठूलो वर्षा हुने क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद् झाको आग्रह छ । यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । तराईका जिल्लामा केही दिनयता हावाहुरी चलिरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्