दाङमा भुस्याहा कुकुरको बिगबिगी, भुस्याहा कुकुरले दुई खसी मारे – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा भुस्याहा कुकुरको बिगबिगी, भुस्याहा कुकुरले दुई खसी मारे

    मा प्रकाशित

दिपक वली
दाङ, १४ असार ।
पछिल्लो चरणमा दाङमा भुस्याहा कुकुरहरुको बिगबिगी बढेको छ । भुस्याहा कुकुरले पशु चौपाया खानुका साथै मानिसलाई पनि झम्टिने क्रम बढेको छ ।
यसैबिच दाङको जजरागाँउमा कुकुरले दुई वटा खसी मारेको छ । घोराही उप महानगरपालिका वडा नम्वर ६ जजरागाँउ निवासी भरत पौडेलको २ वटा खसी भुस्याहा कुकुरले मारेको हो ।

घर नजिकै बाधेको बेला ४० केजीको र २५ केजीको खसी भुस्याहा कुकुरले मारेर खाएको पौडेलले जानकारी दिए । अहिले गाँउमा १०/१२ वटा भुस्याहा कुकुर हुल बाँधेर हिँड्ने गरेको र पशु चौपाया नपाए मान्छेलाई समेत झम्टिने गरेको स्थानीयले जानकारी दिएका छन् ।

केहीदिन अघि घोराहीमा पनि एक महिलालाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको थियो ।

यसैबिच कुकुर नियन्त्रण सम्वन्धी आवश्यक नीति नहुँदा यस्ता भुस्याहा कुकुर नियन्त्रण गर्न नसकिएको पशु सेवा शाखा घोराहीले जानकारी दिएको छ । कुकुर मार्न नपाइने र बन्ध्याकरणका लागि खर्च बढी लाग्ने भएकाले जताततै कुकुरको संख्या बृद्धि भएको शाखा प्रमु्ख खिम बहादुर वस्नेतले जानकारी दिए ।

घरपालुवा कुकुरलाई भ्याक्सिन लगाउने गरेको भए पनि भुस्याहा कुकुरलाई लगाउन नसकिएको उनको भनाई छ । कुकुर भोकाएमा मान्छे तथा जनावरमाथि आक्रमण गर्ने गरेको भन्दै उनले यस्ता कुकुरदेखि सावधानी अपनाउन सवैमा अनुरोध गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्