मुग्लिन–नारायणघाट सडकखण्ड सञ्चालनमा – Kanika Khabar
Monday, February 16Nepali News Portal

मुग्लिन–नारायणघाट सडकखण्ड सञ्चालनमा

    मा प्रकाशित

मुग्लिन, १६ असार

मुग्लिन–नारायणघाट सडकखण्डमा गएकाे पहिराे हटाएपछि सञ्चालनमा आएकाे छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियाे ।

२८ घण्टापछि सञ्चालनमा आएकाे सडक खण्ड आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको थियाे । पहिराे हटाएपछि बिहान साढे आठ बजेपछि सवारी साधन चल्न थालेका छन् ।

पहिरो खुले पनि माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम बढेको प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्