कृषिलाई सरकारले प्राथमिकता दिएन : नेता गिरी – Kanika Khabar
Monday, February 16Nepali News Portal

कृषिलाई सरकारले प्राथमिकता दिएन : नेता गिरी

    मा प्रकाशित

दाङ, १६ असार ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले सरकारले कृषि र किसानलाई प्राथमिकता नदिँदा बर्सेनि किसानले समस्या भोग्ने गरेको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल किसान महासङ्घ दाङले धान दिवसको अवसरमा घोराही उपमहानगरपालिका–१२ हापुर पतेनीमा आयोजना गरेको धान रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले सरकारले प्राथमिकता नदिँदा कृषिप्रधान देशका किसानले बर्सेनि मलको समस्या भोग्नु परेको बताए ।

सरकारले कृषिलाई प्राथमिकता दिँदै समयमै मलसँगै कृषियोग्य जमिनमा सिंचाइको व्यवस्था गर्न सके कृषि उत्पादनमा वृद्धिसँगै आर्थिक रूपमा समक्ष र सवल हुने बताए । ‘कृषिप्रधान देश भने पनि कृषि सरकारको प्राथमिकतामा पर्दैन ।

त्यसैले बर्सेेनि खेतीको समयमा किसानले मलको समस्या भोग्नुपर्ने बाध्यता छ’, नेता गिरीले भने, ‘देशमा आर्थिक विकास र युवालाई देशमै रोक्नु छ भने सरकारले कृषिमा ध्यान दिनुपर्छ ।’ कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले कृषिको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । कृषिको विकासका लागि कुरा गर्ने तर व्यवहारमा काम नगर्ने प्रवृत्तिका कारण बर्सेनि किसानले खेतीको समयमा समस्या भोग्नुपर्ने बाध्यता रहेको बताए ।

कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले कृषिको विकास गर्दै उत्पादन बढाउन कृषिको आधुनिकीकरणमा जोड दिएको बताइन् । किसान महासङ्घ दाङका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताले देशको आर्थिक समृद्धिका लागि कृषिको विकासका ध्यान दिनुपर्ने बताएका थिए । कृषिप्रधान देश भनिए पनि धेरै कृषिजन्य उत्पादन बाहिरबाट आयात गर्नुपर्ने र त्यसलाई रोक्ने गरी सरकारले ध्यान दिनुपर्ने सहभागीले बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य रेखबहादुर वली ‘देउता’, महासमिति सदस्य गोमा रावत, बिमला योगीलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १२ का सभापति बासु गौतमको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण तिलक केसीले गरेका थिए । नेताले धान समेत रोपेका थिए ।

कर्मचारी सङ्गठनले मनायो धान दिवस

नेपाल निजामति कर्मचारी सङ्गठन दाङंले घोराही उपमहानगरपालिका वडा नम्बर १७ डबरीमा धान दिवस मनाएको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, प्रहरी प्रमुख वीरबहादुर वली, सङ्गठनका अध्यक्ष शेरबहादुर केसी सहितका पदाधिकारी, जप्रतिनिधि, पत्रकार, किसानलगायतको उपस्थितिमा रोपाइँ गरिएको हो ।

घोराही उपमहानगरपालिकाभित्र बर्से बाली १५३७९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । उपमहानगरपालिकाले किसानको व्यवसायिक प्रबद्र्धनका लागि ३६ वटा पावर–ट्रेलर, २० वटा मिनी–टे«लर अनुदानमा उपलब्ध गराएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्