पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचि : भारतबाट आयो डिजेलमा प्रति लिटर २.१६ रुपैयाँ बढेर र एलपी ग्यासको प्रति सिलिन्डर १६१ रुपैयाँ घटेर – Kanika Khabar
Monday, February 16Nepali News Portal

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचि : भारतबाट आयो डिजेलमा प्रति लिटर २.१६ रुपैयाँ बढेर र एलपी ग्यासको प्रति सिलिन्डर १६१ रुपैयाँ घटेर

    मा प्रकाशित

दाङ, १७ असार ।
पेट्रोलियम पदार्थमा भारतबाट कुनैमा मूल्य घटेर आएको छ त कुनैमा मूल्य बढेर आएको छ । हिजो शनिबार प्राप्त नयाँ मूल्य सूचिअनुसार डिजेलमा मूल्य बढेर आएको छ भने अन्य पेट्रोलियम पदार्थमा मूल्य घटेर आएको हो ।

प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १४ पैसा घटेर आएको छ । यस्तै मट्टितेलको मूल्य प्रतितिलटर ५ पैसा घटेर आएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर ५७ पैसा घटेर आएको छ ।

यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँले घटेर आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्