बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीको आग्रह – Kanika Khabar
Sunday, March 15Nepali News Portal

बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीको आग्रह

    मा प्रकाशित

कनिका संवाददाता
असार २१, काठमाडौं
बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीले चेतावनीसमेत दिएका छन् । साना व्यवसायीको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएको छ । विभिन्न पाँच बुँदे माग अघि सार्दै आफ्ना माग पुरा नभए सडकमा उत्रिन बाध्य भइने भन्दै महासंघले चेतावनी दिएको छ ।

करिब तीन महिना भएको पूर्ण बन्दाबन्दी र हालसम्म पनि जारी रहेको आंशिक बन्दाबन्दीका कारण उद्योग–व्यवसाय निकै अप्ठेरोमा परेको भन्दै तत्कालै ब्याज छुटको घोषणा गरिनुपर्ने महासंघका अध्यक्ष नरेश कटुुवालले सीआइएनसँग बताउनुुभयो । महासंघले बन्दाबन्दी अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत् छुट हुनुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्नुपर्ने, पुर्नकर्जा कोषमा साना उद्योगी–व्यवसायीको पहुँच सुनिश्चितता गरिनुपर्ने माग अघि सारेको छ । कर्जाको ब्याजदर बढीमा आठ प्रतिशत कायम गर्नुपर्ने र स्प्रेड रेट घटाएर तीन दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने माग पनि महासंघले गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्