लुम्बिनी प्रदेश बक्सिङ संघमा दाङका तीन जना निर्वाचित – Kanika Khabar
Monday, February 16Nepali News Portal

लुम्बिनी प्रदेश बक्सिङ संघमा दाङका तीन जना निर्वाचित

    मा प्रकाशित

दाङ,१७ असार ।

लुम्बिनी प्रदेश बक्सिङ संघमा दाङका तीन जना निर्वाचित भएका छन् । बुटवलमा भएको लुम्विनी प्रदेश बक्सिङ संघको प्रथम अधिवेशनबाट उपाध्यक्षमा जयबहादुर घर्तीसहित सदस्यमा समिर सिद्धिकी र कृष्णा सुनार चयन भएका हुन् ।

लामो समयदेखि बक्सिङ खेलमा संक्रिय सिद्धिकी र सुनार प्रदेशस्तरीय समितिमा पर्न सफल भएका हुन । प्रदेशस्तरीय बक्सिङ संघको प्रथम अधिवेशनले रुपन्देहीका राजु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा जयबहादुर घर्ती (दाङ), टेकबहादुर पुन (नवलपरासी) र अबदुल रहमा (कपिलवस्तु) रहेका छन् ।

त्यसैगरी सचिबमा कुमार खान ठाकुरी (पाल्पा),कोषाध्यक्षमा वेदबहादुर थापा (गुल्मी), सहसचिवमा हरिबहादुर सुनुवार (रोल्पा), कृष्णा सुनार (दाङ), समीर सिद्धिकी (दाङ), सिरमन घर्तीमगर (रोल्पा), बीरेन्द्र ठतोट (बाँके),निमप्रसाद राहदी (गुल्मी),मनिराम चक्रवती( बाँके), सरोज पौडेल (अर्घाखाँची), करण रोकामगर (पुर्वीरुकुम) र खिमबहादुर राना (गुल्मी) रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्