दाङ, २० असार ।
सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेपछि सुरु भएको लुम्विनी प्रदेशको बैठक जेनेरेटरमा आगलागी भएपछि स्थगित भएको छ । स्थगित भएको सदन पुःन सुचारु भएको छ ।
बैठक सुरु भए लगत्तै विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।
त्यसपछि सांसद तुलसीप्रसाद चौधरी बोल्दै गर्दा विद्युत गयो । उनले सम्बोधन सकाएलगतै सभामुखले जेनेरेटरमा आगलागी भएकाले बैठक १० मिनेटलाई स्थगित गरेको बताए ।
स्थगित पश्चात सदन पुःन सुचारु भएको सांसद लोका बिकले जानकारी दिइन् ।। ‘जेनेरेटरमा आगलागी भएपछि सदन स्थगित भएको थियो । केही बेरको स्थगनपश्चात सदन पुःन सुचारु भएको हो ।’ कनिका खबरसँगको संवादमा सांसद बिकले बताइन् ।
अहिले सदनमा कार्यसूचीमा रहेका विषयमाथि छलफल भइरहेको छ ।


