प्रगन्ना प्रकरण : पत्रकार महासंघ दाङद्वारा छानबिन समिति गठन – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

प्रगन्ना प्रकरण : पत्रकार महासंघ दाङद्वारा छानबिन समिति गठन

    मा प्रकाशित

दाङ, २३ असार ।

राप्ती गाउँपालिकाको प्रगन्ना सिँचाई कुलो खन्ने क्रममा ढुंगाजन्य पदार्थको उत्खन्नका लागि पत्रकारदेखि प्रहरी प्रशासनले घुस लिएको आरोपको घटना बाहिरिएपछि नेपाल पत्रकार महासंघ दाङले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आर के शितलले एक विज्ञप्ति जारी गरी ढुंगाजन्य पदार्थ उत्खन्नका लागि सेटिङ मिलाउन जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख, जनप्रतिनिधि, पत्रकार लगायतलाई रकम बाँडेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘घटनाबारे आवश्यक अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ । कुनै पनि अवैध कामको ढाकछोप गर्ने बहानामा पत्रकारका नाममा कुनै पनि रकम दिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन सम्बन्धित सबैलाई आह्वान गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

घटनाको छानबिनका लागि अध्यक्ष दुर्गालाल केसी संयोजक रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिको सदस्यमा सन्तोष सुवेदी र उदय बिसी रहेका छन् । समितिले घटनाको सत्यतथ्या छानबिन गरी असार ३१ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्