दाङमा पानीमा डुबेर एक बालकको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा पानीमा डुबेर एक बालकको मृत्यु

    मा प्रकाशित

दाङ, २३ असार ।
दाङमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको तुलसीपुरस्थित पातुखोलामा डुबेर गम्भीर घाइते बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

तुलसीपुर –७ गैरापातु निवासी तुलसी दमाईका ११ वर्षीय छोरा रबिन परियारको आज दिउँसो पातुखोलामा डुबेर मृत्यु भएको प्रमुख मल्लले जानकारी दिए ।

साथीसँगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेको उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्