काठमाडौँ, २४ असार ।
ललिता निवास जग्गा प्रकरणमा एकपछि अर्को आरोपित पक्राउ पर्ने क्रम बढ्दै जान थालेको छ । आज आइतबार ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका हुन्।
सचिव राउत आज त्रिभुवन विमानस्थलबाट पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए।
बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।


