दाङ, २५ असार ।
दाङको घाेराही उपमहानगरपालिका वडा नम्बर १५ ले ७ दिनभित्र सडकपेटी खाली गर्न अल्टिमेटम दिएकाे छ ।
आज एक सुचना जारी गरी वडा कार्यालयले ७ दिनभित्र सडकपेटी खाली गर्न अल्टिमेटम दिएकाे हाे ।
` घोराही उप-महानगरपालिका वडा नं. १५ क्षेत्रमा पर्ने सडक पेटीमा भएका निर्माण सामग्री/विक्री वितरण गर्न राखिएका सामग्री/ तथा अन्य सामग्रीहरुले नागरिकहरुको आवागमनमा बाधा पुग्न गएको देखिएको हुँदा ७ दिनभित्र उक्त सामग्री उठाउन / व्यवस्थापन गरी सडकपेटी खाली गरी नागरिकहरुको आवागमनमा सहयोग पुर्याउनु हुन यो सूचना प्रकाशित गरिएको व्योहोरा अनुरोध छ ।´ जारी सूचनामा उल्लेख छ ।
त्यस्तै वडा कार्यालयले सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थालाई आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्न अनुराेध गरेकाे छ । एक सुचना जारी गरी वडा कार्यालयले कार्यालय परिसरमा सरसफाइ गर्न अनुराेध गरेकाे हाे ।
` वर्षायाममा विभिन्न झारपात (घाँस) उम्री फोहोरा हुने र किरा सर्पवाट तथा सरुवा रोगबाट वच्न तथा कार्यालय परिसर सफासुघ्घर राख्नुपर्ने आवश्यक भएको हुदा यस घोराही उपमहानगरपालिका वडा न १५ भित्र रहेका सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुले आ-आफ्नो कार्यालय परिसरभित्र तथा बाहिरा अनिवार्य सरसफाइ गरी फोहोर व्यवस्थापनमा सहयोग गरिदिनुहुन यो सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।´ जारी सुचनामा उल्लेख छ ।




