प्रदेश अर्थमन्त्री मास्कीद्वारा बलेटक्सार चक्रपथको शिलान्यास – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

प्रदेश अर्थमन्त्री मास्कीद्वारा बलेटक्सार चक्रपथको शिलान्यास

    मा प्रकाशित

देउखुरी, २८ असार ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ र ५ मा पर्ने बलेटक्सार चक्रपथको शिलान्यास गरेका छन् । बुधबार मन्त्री मास्कीले सोही चक्रपथको शिलान्यास गर्दै सोही सडकको कालोपत्रेका लागि थप बजेटको समेत ब्यबस्पन गर्ने प्रतिबद्धता जनाए । उनले चक्रपथको काम समयमै सक्न समेत निर्माण कम्पनीलाई निर्देशन दिए ।

८ करोड १७ लाख लागतमा हाल ४.५ किलोमिटर चक्रपथ कालोपत्रे हुँदैछ । सोही चक्रपथ साढे ७ किलोमिटर रहेको छ ।

त्यस अवसरमा माओवादी केन्द्र लुम्बिनी प्रदेशा अध्यक्ष सुदर्शन बरालले विकास निर्माणमा सबै एकमत हुनुपर्ने समेत बताए । उनले सबैको सहयोगले नै विकास निर्माणले गति लिने समेत बताए । एकअर्काप्रति खिचातानीको राजनीतिले विकास निर्माणमा असर पर्ने समेत बताए ।

सडक पूर्वाधार बिकास कार्यालय गुल्मीका सचितानन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिनादेबि गौतमले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन । निर्माण व्यवसायी भागवत गिरीले १ बर्ष भित्र काम सक्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण दामोदर ज्ञवालीले गरेका थिए । चक्रपथ चौतारा–धोवीघाट–रानीघाटसम्म रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्