पाल्पा दरवार सङ्ग्रहालयलाई थप व्यवस्थित हुन्छ : मन्त्री मास्की – Kanika Khabar
Monday, February 16Nepali News Portal

पाल्पा दरवार सङ्ग्रहालयलाई थप व्यवस्थित हुन्छ : मन्त्री मास्की

    मा प्रकाशित

दाङ,२८ असार ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

सङ्ग्रहालयमा रहेको मगर, थारुलगायतको अवलोकन गरेका हुन् । प्रदेश सरकार मातहत रहेको उक्त सङ्ग्रहालयलाई थप ब्यबस्थित गर्नका लागि प्रत्येक बर्ष प्रदेश सरकारले बजेट ब्यबस्था गर्ने गरेको मन्त्री मास्कीले बताए ।

सङ्ग्रहालयमा परम्परागत सामग्री, रहनसहन राखिने भएकाले त्यसले पुर्खालाई नयाँ पुस्ताले पनि अध्ययन गर्ने पाउने उनको भनाई छ ।

सङ्ग्रहालय प्रवेशमा विद्यार्थीलाई रु ५, स्वदेशी नागरिकलाई १५, सार्क देशका नागरिकका लागि ५० र अन्य विदेशी नागरिकका लागि १०० लाग्छ । क्यामरा शुल्क नेपालीका लागि २५, सार्कका लागि ५० र अन्य देशका नागरिकका लागि १०० कायम गरिएको छ ।
सङ्ग्रहालयमा बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म सङ्ग्रहालय खुल्नेछ । मङ्गलबार भने बन्द रहने गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्