दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गरियोस् : देवकोटा – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गरियोस् : देवकोटा

    मा प्रकाशित

काठमाडौँ, २८ असार ।
नेपाली काङ्ग्रेसकी नेतृ तथा राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गर्न माग गरेकी छिन् । आज बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गरी नियन्त्रणका लागि पहिल गर्न माग गरेकी हुन् ।

सदस्य देवकोटाले भनिन्, ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयले डेंगु  प्रभावित जिल्लाको रुपमा लिस्टिङ गर्दा दाङ जिल्ला लिस्टिङमा पर्न सकेको छैन । के आधार मा लिस्टिङ गरिएको हो ? के आधारमा छुटेको हो ? यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।

‘दाङ जिल्लामा डेंगु रोग छ । दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गरी डेंगु नियन्त्रण, रोकथामका उपाय र साधनका लागि कार्यक्रमहरु समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’ सदस्य देवकोटाले भनिन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पछिल्लो चणमा दाङलाई डेंगु प्रभावित जिल्लाबाट हटाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्