काठमाडौँ, ३१ असार ।
नेपाल आयल निगमले भोलिदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कार्यान्वयन गर्ने भएको छ । निगमले भोलि साउन १ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो ।
निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन ।
स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागू गरिने निगमले जनाएको छ ।


