पर्यटकको आकर्षण बढाउन तुलसीपुरमा वृक्षारोपण – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

पर्यटकको आकर्षण बढाउन तुलसीपुरमा वृक्षारोपण

    मा प्रकाशित

निरला अर्याल
तुलसीपुर , १ साउन ।
बजारको सौन्दर्य बढाउने उदेश्यले तुलसीपुर बजारको विभिन्न ठाउँमा वृक्षरोपण गरिएको छ ।
आन्तरिक पर्यटक तथा बाह्र्य पयर्टकको पहिलो गन्तब्य तुलसीपुर बजार क्षेत्र भएकले वडा नम्बर विभिन्न प्रजातिका बिरुवा रोपिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष्य राम प्रसाद चालिसेले बताउनु भयो ।
तुलसीपुर उद्योग वाणिज्य संघ,तुलसीपुर उपमहानगपालिका तथा ग्रीन फाउण्डेशन नेपाल तुलसीपुरको संयुक्त आयोजनामा बजार क्षेत्र भित्र विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको हो ।
विगतमा रोपिएको ६०% बिरुवा हुर्किएका छ्न भने बाँकी ४०% विरुवारु संरक्षको अभावले हुर्कन नससेकेको चालिसेले बताउनु भयो ।
त्यसकालागी उपमहानगरपालिकाले तार बारको व्यवस्था मिलाउन पर्छ, उहाँले आग्रह गर्नुभयो ।
सुन्दर, हरिया, स्व्च्छ र सौंदर्य बढाउन आह्वानका साथ सोमबार ३ सय ५० बिरुवा विभिन्न टोलमा रोपिए । श्रावण महिनाभर ७ सय बढि बिरुवा रोप्ने लक्ष्य रहेको उधोग बाणिज्य संघले जनाएको छ ।
बृक्षारोपन कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले स्व्च्छता मात्र नभैइ पालिकाको पहिचान बढाउने बताउनुभयो ।
कार्यक्रममा ग्रीन तुलसीपुर क्लिन तुलसीपुर अभियानका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष विमल रिजालले स्वस्थ्य वातावरण र स्वस्थ्य मानव जीवनका लागि बिरुवा रोप्नै पर्ने आवश्यकता रहेको बताउनु भयो ।
। वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, उद्योगी व्यबसाय, मानव अधिकार तथा शान्ति समजा, रोटरी क्लव अफ तुलसीपुर, तुलसीपुर नगर जेसिज, तुलसीपुर खानेपानी, नागरिक समाज, लायन्स क्लव अफ दाङ, जनप्रतिनिधि, पत्रकार लगायत विभिन्न संघ संस्था हरुको उपस्थिति रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्