कलश सहकारीद्वारा आर्थिक बर्ष सकिनासाथ बित्तिय बिवरण सार्वजनिक : ९० करोड बढी कारोबार,सबै सूचक सकारात्मक – Kanika Khabar
Monday, February 16Nepali News Portal

कलश सहकारीद्वारा आर्थिक बर्ष सकिनासाथ बित्तिय बिवरण सार्वजनिक : ९० करोड बढी कारोबार,सबै सूचक सकारात्मक

    मा प्रकाशित

दाङ, साउन १ ।

दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ९० करोड बढी आर्थिक कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलिपल्ट साउन १ गते सोमबार संस्थाले सार्वजनिक गरेको प्रारम्भिक वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा संस्थाले ९० करोड २६ लाख ६६ हजार ६४ रूपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा चरम आर्थिक मन्दी हुँदाहुँदै पनि संस्थाले सबै सूचकहरूमा सकारात्मक प्रगति गरेको छ ।

कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ५५ लाख बढी रूपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आयकरअघि ४९ लाख ७५ हजार २ सय ६३ रूपैयाँ मुनाफा आर्जन गरेको कलश सहकारीले गत आर्थिक वर्ष २०७९/०८० मा ११ प्रतिशत बढीले आयकर अघीको मुनाफा ५५ लाख ३० हजार ४० रूपैयाँ आर्जन गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

संस्थाले बचत संकलनमा समेत अघिल्लो आर्थिक वर्ष भन्दा १० प्रतिशतले वृद्धि गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७८/७९ भन्दा गत आर्थिक बर्षमा १ करोड २० लाख ५५ हजार ३ सय ७२ रूपैयाँ बढी बचत संकलन गरी १२ करोड १८ लाख ९३ हजार ६ सय ९८ रूपैयाँ बचत संकलन गरेको हो ।

संस्थाले गत आर्थिक वर्षमा १० करोड १० लाख २७ हजार ८ सय ९२ रूपैयाँ ऋण लगानी गरेको छ ।

कलश सहकारीले पछिल्लो एक वर्षमा ७ प्रतिशतले वासलातमा समेत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १४ करोड १८ लाख ५८ हजार ८ सय ४९ रूपैयाँ वासलात रहेकोमा गत आर्थिक वर्षमा त्यो बढेर १५ करोड १३ लाख ९७ हजार १ सय ८६ रूपैयाँ पुगेको कोषाध्यक्ष नवराज भण्डारीले जनाउनुभएको छ ।

घोराही उप–महानगरपालिका वडा नं. १३ देखि १८ सम्म कार्यक्षेत्र रहेको कलश बचत तथा ऋण सहकारी संस्थामा गत आर्थिक वर्षमा ११ प्रतिशत बढी शेयर सदस्य वृद्धि भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ९ सय ११ जना शेयर सदस्य रहेकोमा गत आर्थिक वर्षमा १ हजार १३ जना शेयर सदस्य पुगेको संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जनाउनुभएको छ ।

अधिकांश युवाहरूको सक्रियतामा संचालन भइरहेको संस्थाले आफ्ना शेयर सदस्यहरूलाई युवा स्वरोजगार कोषको सहुलिएत ऋण, व्यवसाय गर्न चाहने सदस्यहरूलाई दरमा ऋण उपलव्ध गराउँदै आएको छ । साथै विभिन्न दैविप्रकोपहरूबाट पिडित सदस्यहरूलाई राहत प्रदान,विभिन्न सामुदायिक विद्यालय तथा संस्कृत पाठ्शालामा अक्षयकोष स्थापना,सदस्यहरूलाई दिर्घरोगहरूको उपचार गर्नका लागि बिना ब्याज ऋण प्रदान, विकास बैंकहरूले प्रदान गर्ने सुविधा सरहको किस्तावन्दीमा ऋण उपलव्ध गराई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि युवाहरूलाई तालिम तथा गोष्ठिका माध्यमबाट शशक्तिकरण गर्ने गरेको छ ।

संस्थामा आवद्ध रहेका शेयर सदस्यहरूको छोराछोरीहरूलाई समेत बचत गर्न अभ्यस्त बनाउने उद्धेश्यले दोब्बर भुक्तानी बाल बचत योजना मार्फत ३ सय ५८ जना बालबालिकाहरूले नियमित रूपमा मासिक बचत गर्दै आइरहेका संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिनुभयो । संस्थामा पेन्सन बचत,उपदान बचत,स्मार्ट दिगो बचत,दोब्बर भुक्तानी बाल बचत,अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरू रहेका छन् । साथै संस्थाले आफ्ना सदस्यहरूलाई बचत तथा ऋण कारोबारको आधारमा प्राप्त हुने संरक्षित पुँजी फिर्ता कोषको रकम वार्षिक साधारणसभाका अवसरमा नगदै वितरण गर्दै आइरहेको छ भने राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभाको अवसरमा यस संस्थालाई देशभरमै उत्कृष्ट बचत तथा ऋणको कारोबार गर्ने संस्थाको रूपमा छनौट गरी सम्मान समेत गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्