दाङमा श्रमिकको न्यूनतम ज्याला निर्धारण – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा श्रमिकको न्यूनतम ज्याला निर्धारण

    मा प्रकाशित

दाङ- दाङमा श्रमिकको न्यूनतम ज्याला निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समितिले चालुवर्षका लागि श्रमिकको न्यूनतम ज्याला निर्धाण गरेको हो । सार्वजनिक गरेको विवरण अनुसार चालुवर्षमा गतवर्षको तुलनामा श्रमिकको ज्याला न्यूनरुपमा वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ का लागि दक्ष सिकर्मी, नकर्मी र डकर्मीको न्युनतम ज्याला ७ सय ७५ निर्धाणर गरिएको छ ।

बितेको आर्थिक वर्षमा जिल्लामा दक्ष सिकर्मी, नकर्मी र डकर्मीको दैनिक ज्याला ७ सय ५० निर्धारण गरिएको छ । दक्ष सिकर्मी, नकर्मी र डकर्मीको बितको आर्थिकवर्ष भन्दा चालुवर्षमा प्रतिदिन २५ रुपैँयामात्रै वृद्धि भएको छ । प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यको अध्यक्षतामा असार २८ गते बसको बैठकले श्रमिकको न्यूनतम ज्याला निर्धारण गरेको हो ।

यस्तै अदक्ष कुल्ली र ज्यामीको दैनिक ६ सय २०, ज्यामी नाईको ६२५, भरिया र स्प्रे म्यानको प्रतिदिन ६२० ,स्प्रे नाइके फोरम्यानको ६५०, दक्ष पलम्बरको ६६० निर्धारण गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्