प्रधानमन्त्री प्रचण्ड इटली जाने – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

प्रधानमन्त्री प्रचण्ड इटली जाने

    मा प्रकाशित

काठमाडौँ, ३ साउन ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम– २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटलीको भ्रमणमा जाने भएका छन् ।

साउन ७ गते प्रधानमन्त्री प्रचण्ड इटली जान लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाललगायत रहने बताइएको छ ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्