आज राष्ट्रियसभा बैठक बस्दै : छलफलका लागि सम्भावित दुई कार्यसूचि – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

आज राष्ट्रियसभा बैठक बस्दै : छलफलका लागि सम्भावित दुई कार्यसूचि

    मा प्रकाशित

काठमाडौँ, ४ साउन ।
आज बिहीबार राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी डाकिएको छ ।

आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्