एकसय केजी सुन बरामद – Kanika Khabar
Monday, February 16Nepali News Portal

एकसय केजी सुन बरामद

    मा प्रकाशित

काठमाडौँ, ४ साउन ।
राजस्व अनुसन्धान विभागले करिब एक सय केजी सुन बरामद गरेको छ । विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एकसय किलो सुन बरामद गरेको हो । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले हिजो बरामद गरेको हो ।

विभागकाअनुसार सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थलबाट अध्यागमन र प्रहरीबाट समेत सुन पास भइसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । विमानस्थलको भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला सुन बरामद भएको विभागले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्