धरान, ५ साउन ।
सुनसरीको धरानमा गोली प्रहार गरी एक युवकको हत्या गरिएको छ । आज शुक्रबार बेलुका सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या गरिएको हो।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरी रहेका छन् । चौधरीलाई धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखामा गोली लागेको थियो ।
गोली प्रहार गरेपछि उनीसँग भएको रकम र मोबाइल पनि लुटिएको प्रहरी स्रोतले जनाएको छ । गोली प्रहारबाट घाइते भएका चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।


