५ दिनपछि मृत भेटिए कुमाल – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

५ दिनपछि मृत भेटिए कुमाल

    मा प्रकाशित

दाङ, ८ साउन  ।

राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका-९ कोल्तरा निवासी वर्ष ५२ का रामलाल कुमाल मृत अवस्थामा भेटिएका छन । लमही नगरपालिका-९ अमिलियाको राप्ती घाटमा भैसिं चराउन गएका मानिसले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय अमिलियाको टोली पुगेको लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीले जानकारी दिनु भयो ।

साउन ३ गते बुधवार राजपुर गाउँपालिका-७ सिक्टाबाट काम सकेर अपरान्ह घर फर्किने समयमा उनि राप्ती नदीमा बगेर बेपत्ता भएका थिए । बेपत्ता भएका कुमालको स्थानीय र सुरक्षाकर्मीद्वारा खोजि कार्य गर्दा समेत फेला पर्न सकेका थिएनन ।

मृतकका आफन्तहरुलाई खबर भैसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्