बजेट कार्यान्वयनमा लाग्न स्वास्थ्य मन्त्री खनालको निर्देशन – Kanika Khabar
Monday, February 16Nepali News Portal

बजेट कार्यान्वयनमा लाग्न स्वास्थ्य मन्त्री खनालको निर्देशन

    मा प्रकाशित

देउखुरी, ८ साउन ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आबश्यक निर्देशिका /कार्यविधि साउन महिना भित्रै बनाइसक्न महाशाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालयको गत आर्थिक वर्ष २०७९/ ८० को प्रगति समीक्षा तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना माथिको छलफललाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले कार्यविधि नभएको वा अन्य कुनै बाहनामा बजेट कार्यान्वयनमा ढिलाई नगर्न निर्देशन दिएका हुन्।

चालु आर्थिक वर्ष कार्यान्वयन हुने गरि स्वास्थ्यमा नयाँ कार्यक्रम आएको भन्दै मन्त्री खनालले ती कार्यक्रम कार्यान्वयनका लागी आबश्यक निर्देशिका यो महिना भित्र बनाएर भदौदेखी कार्यान्वयनमा जान निर्देशन दिए । स्वास्थ्य मन्त्री खनालले मन्त्रालय मातहतका अस्पतालमा प्रदान गरिएका उपकरणहरु सम्बन्धीत अस्पतालमा प्रयोगमा नआएको भए ती उपकरण आबश्यक भएका अन्य अस्पतालमा लगेर भए पनि प्रयोगमा ल्याउन आग्रह गरे ।

छलफलका क्रममा कतिपय सामग्री मन्त्रालयबाट खरिद गरी अस्पतालहरुमा दिइए पनि प्रयोगमा नआएको विषय उठेपछि मन्त्री खनालले भएका सामग्री आबश्यक परेका अस्पतलामा प्रयोगमा ल्याउन र नचल्ने अबस्थामा भए मर्मत गरेरै भएपनि प्रयोगमा ल्याउन भने ।

विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य गर्न खर्च नहुनुको कारण पत्ता लगाई भएका समस्या समाधान गरेर समयमै बजेट खर्च भई उपलब्धी हाँसिल गर्नतर्फ लाग्न कर्मचारिहरुलाई आग्रह गरे । बजेटको पूर्ण सदुपयोग हुनेगरि काम गर्नुपर्नेमा उनको जोड थियो ।

अर्को प्रसँगमा स्वास्थ्य मन्त्री खनालले डेँगी लगायत मौषमजन्य रोग फैलन सक्ने भन्दै त्यस्का लागी तयारी अबस्थामा रहन निर्देशनालय तथा आपूर्ति व्यवस्थापन महाशाखालाई आग्रह गरे । कार्यक्रममा स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बढी प्रतिफल आउने गरी एकआपसमा समन्वय गरेर काम गर्न महाशाखाहरुलाई आग्रह गरे । उनले बजेट कार्यान्वयन हुने स्थानका निकायलाई जिम्मेवार गराउने गरी अनुगमणको पाटोलाई पनि ख्याल गर्न आग्रह गरे। स्वास्थ्य निर्देशक डा. विनोद गिरीले बजेट कार्यान्वयनको तयारीका सबै काम छिटै सकेर ठोस उपलब्धी आउने गरि योजना कार्यान्वयनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
समीक्षा कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्र्तगतका विभिन्न शाखा महाशाखाले गत आर्थिक वर्षमा गरेका कार्यहरुको प्रगति विवरण पेश गरेका थिए ।

गत आर्थिक वर्षमा मन्त्रालय स्थानान्तरण, कर्मचारि अभाव, भवन निर्माणको जिम्मा लिएका निकायले समयमै काम नगर्नु लगायतका कारण मन्त्रालयले लक्ष्य अनुसारको काम गर्न नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयको समग्र प्रगति ६२ दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले प्रस्तुत गरेको प्रगति विवरणमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्