बंगलाचुली अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिदैँ – Kanika Khabar
Monday, February 16Nepali News Portal

बंगलाचुली अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिदैँ

    मा प्रकाशित

कमिरेचौर, ८ साउन ।

दाङको बंगलाचुली गाउँपालिकाद्वारा संचालित प्रस्तावित बंगलाचुली अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरवृद्धि गरिने भएको छ । लुम्विनी प्रदेश सरकारले बंगलाचुली अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा संचालनका लागि तयारी थालेको छ ।

प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमवार अस्पतालको भौतिक संरचना स्थलगत अवलोकन गरेको छ । अस्पतालको भौतिक अवस्था,अस्पतालको शैय्या,भएका स्वास्थ्य उपकरण,कर्मचारी विवरण लगाएतको विवरण समेत मन्त्रालयले लगेको छ । बंगलाचुली अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगर अध्यक्षता तथा लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव डा। जर्नादन पन्थीको विशेष उपस्थितीमा अस्पतालको स्थलगत अवलोकन गरिएको हो ।

अवलोकनका क्रममा लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा जर्नादन पन्थीले तत्काल अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि पहल थालिने बताउनुभयो । उहाँले अब अस्पतालबाट छिट्टै विशेषज्ञ स्वास्थ्य सेवा सचालन गरीने बताउनुभयो । स्वास्थ्य सचिव डा पन्थीले भन्नुभयो–‘ विशिषज्ञ चिकित्सक व्यवस्थापन सहितको सेवा र संरचना फेर्नका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको छ ।

सो अवसरमा बंगलाचुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले बंगलाचुली अस्पताललाई गुणस्तरिय स्वास्थ्य सेवा दिनका लागि प्रदेश सरकार माहतहत संचालनका लागि आफुहरुले गरेको पहलले सार्थकता पाउँन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो । अस्पताल दुर्गम क्षेत्र रहेकाले जनशक्ति व्यवस्थापनमा सकस परेको हुँदा आफुहरुले प्रदेश सरकारबाट डाक्टरको दरवन्दि सहित प्रादेशिक अस्पताल बनाउन गरेको पहलका कारण प्रदेश सरकारले अस्पतालको सेवा संचालन तथा स्वामित्व लिनका लागि अग्रसरता देखाएको बताउनुभयो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर र उपाध्यक्ष भक्त बहादुर जिसीले बंगलाचुली अस्पताल लाई प्रादेशिक अस्पतालको रुपमा स्तरवृद्धि गरी संचालन गर्नकालागि प्रदेश सरकारलाई र लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटक(पटक ताकेता गर्नुभएको थियो ।

स्थलगत अवलोकनमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकिय अधिकृत, चन्द्राकान्त पौडेल स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमर बहादुर वली, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष शोभाराज विश्वकर्मा, गाउँपालिकाका लेखा अधिकृत नारायण आचार्य , प्रशासन प्रमुख गोपाल केसी ,योजना शाखा अधिकृत नुमाकान्त कालाथोकी, बंगलाचुली अस्पतालका प्रमुख नेवबहादुर के सी, सि अहेव सुवासचन्द्र शेरपाईली , गाउँपालिका सूचना प्रविधि अधिकृत सतन पाण्डे, सि।अहेव धनबहादुर पुन, सिअहेव दामोदर पुलामी, तुलसा बिष्ट, गिरिराज नेपाली , दुर्गा क्षेत्री, सम्झना कार्की परियार, पुतला केसी लगायतको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्