काङ्ग्रेस पदाधिकारीको बैठक बस्दै – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

काङ्ग्रेस पदाधिकारीको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, ९ साउन ।
नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक सभापति देउवा निवास धुमबाराहीमा आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । यही साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठका निर्णय तयार पार्नका लागि बैठक बोलाइएको हो । पदाधिकारी बैठक अघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्ने छन् ।

आज तयार पारिने निर्णयका आधारमा सभापति देउवाले भोलि बस्ने केन्द्रीय समिति बैठकमा आफूमाथि उठाइएका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्