
दाङ , ९ साउन ।
दाङकाे एक खाेलामा आएकाे बाढीले स्कार्पियाे बगाएकाे छ । जिल्लाकाे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको स्कार्पियो खोलामा आएको बाढीले बगाएको हाे ।
तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च ५५११ नम्बरको स्कार्पियो बगाएको हो ।
तुलसीपुर १४ जनकपुरस्थित सौडियार सर्रा सडक खण्डमा पर्ने सोता खोलाले तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ११ च ९५१९ नं. को स्कारपिओ गाडीलाई बगाएको दलजितपुरबाट खटिएकाे प्रहरी टोलीले चालकलाई सकुशल उद्धार गरी स्कारपिओ गाडीलाई १३:३० बजे निकालेकाे दाङ प्रहरीले बताएकाे छ ।
जिल्लामा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरुमा पानीको बहाब ह्वात्तै बढेको छ । सरोकारवालाहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।


