चीनका विदेशमन्त्री चिन गाङ पदमुक्त – Kanika Khabar
Sunday, September 13Nepali News Portal

चीनका विदेशमन्त्री चिन गाङ पदमुक्त

    मा प्रकाशित
तस्बिर इपिए

दाङ, ९ साउन ।
चीनका विदेशमन्त्री चिन गाङलाई पदमुक्त गरिएको छ। उनलाई सात महिनाअघि विदेशमन्त्रीमा नियुक्त गरिएको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेका हुन्। एक महिनादेखि सार्वजनिक रूपमा नदेखिएका परराष्ट्र मन्त्री काङलाई आज मंगलबार बर्खास्त गरिएको ग्लोबल टाइम्सले जनाएको छ।

अब त्यो पद कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्ने छन्। उनी यसअघि पनि विदेशमन्त्री थिए। गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा उनलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङका विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्