तुलसीपुरमा पत्रकारमाथि दुर्व्यवहार गर्ने दुई जनाले मागे माफी – Kanika Khabar
Monday, February 16Nepali News Portal

तुलसीपुरमा पत्रकारमाथि दुर्व्यवहार गर्ने दुई जनाले मागे माफी

    मा प्रकाशित

दाङ, ९ साउन ।
दाङको तुलसीपुरमा पत्रकारमाथि दुर्व्यवहार गर्ने सशस्त्र प्रहरीका जवान दिप बहादुर बस्नेतसहित दुई जनाले आज माफी मागेका छन । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ बुर्केसाल स्थित सडक मर्मत र वडा नम्बर १ कै फुर्केसल्लीको प्रतीक्षालय निर्माणको बारेमा लेखिएको समाचारको विषयलाई लिएर दंगीशरण गाउँपालिका १ का प्रेम पुनले फोन मार्फत पत्रकार चेतन वलीलाई धम्की दिदै आएका थिए भने दंगीशरण १ घर भई हाल सशस्त्र प्रहरीको कालिका गण पोखरामा कार्यरत जवान बस्नेतले पत्रकार वलीमाथि हिजो तुलसीपुरको वस पार्कमा दुर्व्यवहार गरेका थिए ।

तुलसीपुरमा रहेको रेडियो प्रकृति एफएम र तुलसीपुर खबर डटकममा कार्यरत पत्रकार वलीले आफूलाई यसअघि पनि फोन मार्फत धम्की दिदै आएको र हिजो प्रत्यक्ष रुपमै आक्रमणको प्रयास भएपछि दोषीलाई कारवाहीको माग गर्दै हिजै इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए ।

आज दुबै पक्षबिच इलाका प्रहरी कार्यालय तुलसीपुरमा भएको छलफलमा उनीहरुले आफ्नो गल्ती कमजोरी स्विाकार गर्दै माफी मागेपछि आगामी दिनहरुमा यी यस्ता व्यवहार नदोहोर्याउने सर्तमा लिखित रुपमै सहमति जुटेको हो । फेरि यस्ता घटनाहरु दोहोरिएमा लिखित रुपमा गरिएको कागजकै आधार कानुन अनुसार कारवाही प्रकृया अगाडि बढाउने पनि सहमति भएको छ । पत्रकार वलीमाथि भएको दुर्व्यवहार को घटना बाहिरिए लगत्तै हिजो रेडियो प्रकृति एफएम, नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस चौतारी दाङले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाहीको माग गरेका थिए । समाचारमा चित्त नबुझे खण्डन गर्ने र खण्डन नभए प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्