रोल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

रोल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु

    मा प्रकाशित

रोल्पा,साउन ९ ।

रोल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

गंगादेव गाउँपालिका ५ बथानका ६५ बर्षका फौदबहादुर बुढामगरको खोलाले बगाउदा मृत्यु भएको हो।

मंगलबार दिउसो करिब ३ बजे गंगादेव गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय नजिकै खोलाले बगाएर ल्याएको अबस्थामा स्थानीयले फेला पारेको त्यहाँबाट भुपेन्द्र घर्ती मगरले जानकारी दिए

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानीयको टोलीले शवलाई पानीबाट निकालेको थियो ।

घर नजिकै खोला रहेकोले खोला तर्ने क्रममा बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकृत प्रकाश भुसालले जानकारी दिए ।

पाखापानी प्रहरी चौकीका असई योगेन्द्र कुमार पुनको कमान्डमा खटिएको प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको समेत भुसालले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्