प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मलाई स्थगित, एमालेले माग्यो उच्चस्तरीय छानबिन समिति – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मलाई स्थगित, एमालेले माग्यो उच्चस्तरीय छानबिन समिति

    मा प्रकाशित

काठमाडौँ, १० साउन ।
नेकपा एमालेले एक क्न्टिल सुन प्रकरणको छानबिन नगरेसम्म संसद चल्न नदिने घोषणा गरेको छ । एमालेका सांसदहरुले अवैध सुन प्रकरणको उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा बैठकमा रोष्ट्रम घेराउ गरेपछि आजको संसद अवरुद्ध भएको हो ।

उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने एमालेको अडानसँगै सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरी साउन १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन् ।

एमालेले सुन तस्करलाई तत्काल पक्राउ गर्न आग्रह गरेको छ । एमालेसँगै नेपाली कांग्रेसका सांसदहरुलेसमेत कारबाहीका लागि माग गरेका छन् । एमाले, कांग्रेससँगै राप्रपा र रास्वपाका सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्