दाङमा मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यु – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङमा मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यु

    मा प्रकाशित

दाङ, ११ साउन ।

दाङमा मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । मोटररसाइकलको ठक्करबाट देउखुरीको नर्तीका ४२ वर्षका सन्तु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।

दाङ-देउखुरीको नर्तीमा गएराति करिब ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गईरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाइकल भने वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेको छ ।

ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका- २ बनकट्टा निवासी सुरेश चौधरीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्