राेजगारीका लागि थाइल्यान्ड र म्यानमारमा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयकाे आग्रह – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

राेजगारीका लागि थाइल्यान्ड र म्यानमारमा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयकाे आग्रह

    मा प्रकाशित

काठमाडौँ, १२ साउन।
परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा रोजगारीका लागि विदेश जाँदा भिजिट भिसामा नजान आग्रह गरेको छ ।

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दक बनाएको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको र तलब/सुविधा पनि नदिइएको जानकारी प्राप्त भएको बताएको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्