स्थानीयस्तरमै विशेषज्ञ उपचार सेवा पुर्‍याउन प्रदेश सरकार प्रतिवद्धः मन्त्री खनाल – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

स्थानीयस्तरमै विशेषज्ञ उपचार सेवा पुर्‍याउन प्रदेश सरकार प्रतिवद्धः मन्त्री खनाल

    मा प्रकाशित

बाँके, १२ साउन ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट भरपर्दो उपचार सेवा पाउने अबस्था श्रृजना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जको १३३ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले दुर्गम क्षेत्रका अस्पतालबाट पनि बिशेषज्ञ सेवा उपलब्ध गराउन मन्त्रालयले ती क्षेत्रमा जाने चिकित्सकलाई थप सुविधा दिने निती लिएको बताउनु भयो । यस्का लागी चालु आर्थिक वर्षको बजेटमा रकम व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री खनालले आर्थिक र प्राविधिक दृष्टिले नहेरेर कार्यक्रम घोषणा गर्ने प्रवृत्तिका कारण अहिले धेरै स्थानिय तहलाई १५ बेडको अस्पताल सञ्चालन गर्न निकै अप्ठ्यारो भएको गुनासो आफू समक्ष आउन थालेको बताउनु भयो ।

प्रदेश भित्रका स्थानिय तहका प्रमुखहरुले आफूहरुको अस्पताल प्रदेश मातहतमा लगिदिन आग्रह गर्ने गरेको भन्दै स्वास्थ्य मन्त्री खनालले आर्थिक, प्राविधिक योजना विना सुरु गरिएका काम अहिले समस्या बनेको देखिएको बताउनु भयो । उहाँले बिर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल संघिय सरकार मातहतमा भए पनि प्रदेश सरकारले पनि लगानी गरिरहेको बताउनु भयो ।

कोभिडपछि मात्रै प्रदेश सरकारले १० करोड रुपियाँ भन्दा बढि लगानी गरिसकेको जानकारी दिनुभयो । यो अस्पताललाई अहिले पनि प्रदेश सरकारले सिकलसेल एनिमिया रोगको हव अस्पतालका रुपमा राखेर लगानी गरिरहेको बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्