दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाईते – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाईते

    मा प्रकाशित

दाङ, १३ साउन ।
दाङमा ट्रक दुर्घटना हुँदा दुईजना घाईते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा लमही नगरपालिका २ निवासी १६ वर्षिय करुणा चौधरी र १८ वर्षिय रबिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८४८७ नम्बरको ट्रक लमही घोराही सडकखण्ड अन्तर्गत घोराही ३ मसाेटमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्