मा प्रकाशित
दाङ, १३ साउन ।
दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.८ दुधेना नयाँ बस्ती निवासी १८ वर्षीय गगन घर्तीमगर रहेक छन् ।
शनिबार बिहान पौने ३ बजेको समयमा दंगीशरण गाउँपालिका वडा नंं.५ संघारी चोकमा रगैचादेखि तुलसीपुरतर्फ आउँदै गरेको मोटरसाइकल बालापुरमा अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक घर्तीमगरकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।


